लयतर्फ अर्थतन्त्र: मुलुकको शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा

भाद्र ३१,काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना मुलुकको शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा गएको छ । आइतबार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँ र चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँ बचतमा रहेको देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा गएको थियो भने चालु खाता १५ अर्ब १३ करोड रुपैयाँ घाटामा थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६५.९ प्रतिशतले कमी आई रु.२७ करोड २६ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६५ करोड रुपैयाँले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८० करोड ३ लाख रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक रहेको थियो ।

संम्बन्धित समचार

Leave a Comment