नेप्से बढ्यो, कारोबार घट्यो

आश्विन १,काठमाडौँ । शेयर बजार आज सोमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २६ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १८ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै इमर्जिङ नेपाल र थ्री स्टार हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

आज २८ लाख ७४ हजार कित्ता शेयर ८७ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीको नौ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

संम्बन्धित समचार

Leave a Comment