तीनकुनेमा चार जनाको हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १, सोमबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज १, काठमाण्डौँ । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले छोडेको छ ।

हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले सिन्धुपाल्चोक, बाह्रबीसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।
गएको शुक्रबार मध्यराति गैरीगाउँस्थित दिव्य समिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उनकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीया सुमित्रा भुजेलको हत्या भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस