माघ २२, नुवाकोट । पञ्चकन्या गाउँपालिका ४ थप्रेकमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बा ३ च ५७११ नम्बरको गाडी तादी गाउँपालिका सातविसेबाट आरुखर्क जाने क्रममा थप्रेकमा मंगलबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए ।
घटनास्थलमा मृत्यु भएका चालक सर्लाहीका २४ वर्षीय सुमन बुढाथोकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुईजना गम्भीर र तीन जना सामान्य घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागि काठमाडौं लगिएको छ ।