सुनको सिक्री लुटेको आरोपमा चार जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २, मंगलबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज २, काठमाडौँ । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगञ्ज घर भइ क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी तथा भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वे छन् ।

प्रहरीका अनुसार गुरुङले चलाएको मोटरसाइकलमा बसेर अन्सारीले भदौ २५ गते काठमाडौंको कुलेश्वर बस्ने अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री लुटेका थिए । पक्राउ परेका भारतीय नागरिकमाथि भने त्यो सिक्री किनेको आरोप छ । असोज १ गते पक्राउ परेका उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस