राष्ट्रपति पौडेलबाट संविधान दिवसका अवसरमा ६७० जना कैदीको माफी मिनाहा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ३, बुधबार (७ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।

उनले फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस