उखु किसानलाई चिनी मिल र सरकारले सवा तीन अर्ब तिर्न बाँकी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २३, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २३, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मन्त्रालय सम्हालेसँगै उखु किसानलाई पैसा नदिने उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने, थुन्ने र मिल बन्द गर्नेसम्मको चर्को भाषण दिए । मन्त्रीको अभिव्यक्तिबाट किसानले वास्तवमै आफ्नो सरकार आएको महसुस गरे ।

मन्त्री यादवको बारम्बारको धम्कीपूर्ण भाषणपछि डराएका केही उद्योगी–व्यवसायी उनीसँग छलफल गर्न मन्त्रालयसम्मै पुगे ।

तत्कालीन अवस्थामा उद्योगले वक्यौता रकम दिए पनि यो वर्ष फेरि किसानले पुरानै नियति भोग्नु परेको छ । न उनीहरुले बेचेको उखुको भुक्तानी पाएका छन् न उखुको मूल्य नै ।

किसानले सवा तीन अर्ब रुपैयाँ उखु मिल र सरकारसँग लिन बाँकी छ । यो तथ्यांक सोमबारसम्मको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस