एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० आश्विन ७, आईतबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई बिदाइ गर्दै शुभकामना दिए ।

यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरण पार गरेमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

नेपाली टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी र अविनाश बोहरा छन्। ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस