सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० आश्विन ७, आईतबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाण्डौँ । काठमाडौँ क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ। सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा नचढोको हो । यसअघि असोज १ गते पनि न्यायाधीश अभावका कारण उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो। अदालतका ३० फाँटमध्ये आज १५ वटा फाँट मात्रै इजलास बस्नेछ ।

झन्डै ६ महिनादेखि एक वा अनेक बहानामा पटक पटक पेसी तोकिँदै आए पनि अन्तिम फैसला नभई सर्दै आएको छ।
गत असोज १ गते अगाडि लामिछानको सो मुद्दाको पेशी गत भदौ २१ गतेका लागि तोकिएको थियो। अन्तिम फैसला भनिएको उक्त पेशीका दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित भनिएकी किशोरी ‘गौशाला २६’ को यकिन जन्ममिति जनाउने कागज नभएकाले पुनः अर्को माग गर्ने आदेश दिए पछि त्यसपछि कुनै काम कारबाही अघि बढेको थिएन ।

ताजा अपडेट

खोजी गर्नुहोस