पर्यटन प्रवद्र्धन गर्न ‘रिभर गाइड’ तालीम

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २३, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाडौँ । साहसिक जलयात्रा गर्नका लागि कर्णाली नदीमा ‘रिभर गाइड’ तालीम थालिएको छ ।

नेपाल एशोसियशन अफ ¥याफ्टिङ (नारा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनात्मक सहकार्यमा मङ्गलबारदेखि तीन दिनको सो तालीम सञ्चालन गरिएको हो ।

नेपालको पर्यटन उद्योगको एउटा महत्वपूर्ण विधाको रुपमा स्थापित साहसिक जलयात्रा व्यवसायलाई आवश्यक दक्ष रिभर गाइड सबै प्रदेशमा उत्पादन गर्ने उद्देश्यले उक्त तालीमको आयोजना गरिएको नाराका महासचिव शिव अधिकारीले जानकारी दिए ।

त्रिशुली, भोटेकोशी, कर्णाली, कोशी र नारायणी साहसिक जलयात्राका लागि महत्वपूर्ण नदीका रुपमा मानिन्छन् । पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन उक्त अभियानले सहयोग पुग्नेछ । दक्ष रिभर गाइड उत्पादनका लागि प्रत्येक प्रदेशमा जलयात्रा तालीम सञ्चालन गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले बताए। निःशुल्क रुपमा प्रदान गरिने सो तालीमले बेरोजगार युवालाई पर्यटन उद्योगमा आवद्ध हुन सहयोग पुग्ने विश्वास नाराको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस