पाकिस्तानमा बम विस्फोट: कम्तीमा ५२ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०८० आश्विन १२, शुक्रबार (७ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

आश्विन १२,काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण–पश्चिमी मास्तुङ जिल्लामा आज शुक्रवार बिहान भएको विस्फोटमा परि कम्तीमा ५२ जनाको जनाको ज्यान गएको छ । विस्फोटमा परि अरू ५० जनाभन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ ।

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै विस्फोट भएको हो । बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले विष्फोट गराएका बताउँदै यसको निन्दा गरेका छन् । उनीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस