असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने, कतिसम्म साट्न पाईन्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० आश्विन १३, शनिबार (७ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाडौँ । दशैंका लागि असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ ।
राष्ट्र बैंकका अनुसार असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्न लागिएको हो ।

५, १०, २०, ५० १०० रुपैयाँ दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने छ ।
उपत्यकासहित देशका ७ वटै प्रदेशस्थित राष्ट्र बैंकको शाखा कार्यालयहरूमार्फत सर्वसाधारणका लागि नोट सटही सुविधा उपलब्ध हुने छन् ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सबै सटही काउन्टरहरूमा क्युआरमार्फत नयाँ नोट साट्न पाइने छ ।
मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूलाई समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस