असोज १५, हेटौंडा । बागमती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सभा भवन, हेटौंडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।
हिजो आइतबार २ पटक बैठक संचालन भएको थियो, जुन बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।
उक्त बिधेयक माथि सैद्धान्तिक छलफल सुरू गरिएको छ । प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको सो बिधेयकमाथि सोमवार पनि छलफल जारी रहने छ ।