जुबिलेन्ट कलेजमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

Post Thumbnail

आश्विन १५,काठमाडौँ । जुबिलेन्ट कलेजमा स्वागत तथा बिदाई कार्यक्रम भव्यतापुर्वक सम्पन्न भएको छ । जमलस्थित नाचघरमा भएको कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष डा. होमनाथ लुईटेलले गरेका थिए । कलेजका कक्षा ११ र १२ का बिद्यार्थिको भव्य उपस्थितीमा भएको कार्यक्रममा प्रमुख अतिथी डा. स्वागत श्रेष्ठ रहेका थिए । डा. श्रेष्ठले शिक्षाको ज्याती फैलाउने कार्यमा निरन्तर जुबिलेन्ट कलेज लागिरहेको बताए । उनले बिद्यार्थीलाई सधै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल ऋषिप्रसाद न्यौपानेले कक्षा ११ का बिद्यार्थीलाई स्वागत तथा कक्षा १२ पास भएका बिद्यार्थीलाई बिदाई दिँदै बिद्यार्थि जिवन सकिएपनि बिद्यार्थी बन्न कहिल्यै नछोड्न सुझाव दिएका थिए । उनले जिवनको अन्त्यसम्म हुने मुख्य काम नै सिकाई रहेको बताए । बिद्यार्थीहरुको भव्य मनोरन्जनात्मक कार्यक्रमकाबीच कलेजका अध्यक्ष डा. लुईटेलले जुबिलेन्ट कलेजका बिद्यार्थीले स्वदेशमा अथवा विदेशमा जहाँ राम्रो गरेपनि त्यो कलेजको मात्रै नभई देशकै लागि गौरव हुने बताए । उनले इमान्दारीपुर्वक आफ्नो जिवनको लक्ष्यमा अघि बढ्न सुझाव दिएका थिए ।

लोकदोहारी गायक टंक डुम्रेले लोकप्रिय गितहरु गाएर भरपुर मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा कलेजका बिद्यार्थीहरुले नाचगान,चुट्किला,गजल,कविता,नाटक लगायत सन्देशमुलक प्रस्तुतीहरु दिएका थिए । सो क्रममा कक्षा ११ का बिद्यार्थीलाई कलेजका अध्यक्ष,प्रिन्सिपल लगायत शिक्षकहरुले स्वागत गरेका थिए भने कक्षा १२ पास भएका बिद्यार्थीलाई मायाको चिनोसहित बिदाई गरेका थिए । कार्यक्रमको संचालन शिक्षक चेतराज ओझाले गरेका थिए । कार्यक्रममा कलेजका लगानीकर्ता,शिक्षक,विभिन्न तह र तप्काका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस