१९औं एसियाडमा नेपालले कबड्डीमा पदक जित्ने सम्भावना बलियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० आश्विन १५, सोमबार (७ महिना अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

आश्विन १५,काठमाडौँ । १९औं एसियाडमा नेपालले कबड्डीमा पदक जित्ने सम्भावना बलियो भएको छ ।

पहिलो पटक एसियाडमा सहभागिता जनाएको नेपालको महिला कबड्डी टिमले सोमबार बंगलादेशलाई ३७(२४ पहिलो खेलमा हराएपछि नेपालको सम्भावना बलियो भएको हो ।

महिला कबड्डीमा कुल ७ टोली सहभागी भएकोमा नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छन् । पहिलो खेलमा नेपालले जित हात पारेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको हो र अब अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल यस समूहबाट सेमिफाइनल पुग्नेछ र सेमिफाइनल पुग्ने टिमले कम्तीमा कांस्य पदक जित्नेछ ।

एक्सएसजी स्पोर्ट्स सेन्टरमा नेपालले बंगलादेशविरुद्ध पहिलो हाफमा २१(१६ को अग्रता लिएको थियो । दोस्रो हाफमा पनि लय कायम राख्दै नेपालले १६(८ को अग्रता लिएर खेल जितेको हो ।

ताजा अपडेट

१ घण्टा अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस