एसियाली खेलकुद: पुरुष क्रिकेटमा नेपालको क्वार्टरफाइनलमा प्रतिद्वन्द्वी भारत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० आश्विन १५, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

आश्विन १५,काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतलाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

नेपाल र भारतबिचको क्वार्टरफाइनल खेल मंगलबार खेलिने छ । नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो । प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा हङकङले पाकिस्तानको सामना गर्नेछ । त्यो खेल पनि मंगलबार नै खेलिने छ ।

यसैगरी अर्को क्वार्टरफाइनल खेल अफगानिस्तान र श्रीलङ्काबिच खेलिने छ । चौथो क्वार्टरफाइनल खेल बंगलादेश र मलेसियाबिच खेलिने छ । यी दुवै क्वार्टरफाइनल खेल बुधबार खेलिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस