‘हाई गर्मी’ बोलको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० आश्विन १५, सोमबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । गायिका समिक्षा अधिकारी र गायक अभिनय निरौलाको स्वरमा रहेको ‘हाई गर्मी’ बोलको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक अभिनय निरौलाको शब्दमा रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा प्रोमिस गौतम र अन्जना राउतबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोलाई संदेश रिमालले कोरियोग्राफी गरेका हुन् । सुबिन गोदार र एलेक्स पुडासैनीले भिडियोलाई छायाँकन गरेका हुन् । बिष्णु खड्काले सम्पादन गरेको भिडियोलाई मुनालशिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो ।

साउथ अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक तथा गीतकार निरौलाले यसअघि ‘हुन्न नभन, ‘अन्तै मबाट’, ‘घिर्लिङ, ‘मानवतस्कर’ लगायत म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन् । साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस