भिजन र नीति बिनाको रास्वपाले युवामा भ्रम सिर्जना गरिरहेको छ : पृथ्वीसुब्बा गुरुङ

असोज १५, गण्डकी । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताएका छन् ।

नेकपा एमाले प्रथम गण्डकी अधिवेशनमा बोल्दै उठनले लोकप्रियतावादमा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवाहरुलाई भ्रम छरिरहेको आरोप लगाए । ‘अहिले धेरै राजनीतिमा भ्रम सिर्जना भइराखेका छन् । हाम्रा बाबुनानीहरु फेसबुक हेर्छन्, टिकटक हेर्छन् र भ्रममा पर्छन्,’ गुरुङले भने, ‘राजनीतिमा एउटा कुन्चैं चटकेवालहरु चलिराखेका छन्, जसको मुलुकप्रति कुनै दर्शन छैन, कुनै योजना छैन, कुनै भिजन छैन, कुनै नीति छैन ।’ नीति बिनाको पार्टीले देशको विकास गर्न नसक्ने त्यो केवल चटक मात्रै हुने गुरुङको भनाइ छ ।

उपमहासचिव गुरुङले पार्टीमा अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प नरहेको दाबी गरेका छन् । एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा सोमबार बोल्दै उनले भने, ‘कम्तीमा अझै १० वर्ष एमालेमा केपी ओलीको विकल्प छैन । स्वाधिनताको अभियान डगमगिन सक्छ । त्यसकारण केपी ओलीको नेतृत्व स्वीकार्नु पर्छ ।’

संम्बन्धित समचार

Leave a Reply