एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाहको जित

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०८० आश्विन १६, मंगलबार (७ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १६, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा सल्यानका गुलाबजंग शाहको जित भएको छ । सोमबार भएको मतगणनामा शाह प्रतिस्पर्धी कालीकोटका मीन बहादुर शाही र प्रकाश रोकायलाई हराउँदै निर्वाचित भएका हुन् ।

कुल ६०९ मत खसेकोमा शाहले ३६९ मत ल्याएर विजयी भए । अर्का प्रतिस्पर्धी शाहीले २०७ मत ल्याए भने रोकायले ४ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा टेकराज पछाई र सचिवमा ध्रुवबहादुर शाही निर्वाचित भएका छन् । पछाईले ३४२ मत पाउँदा लालबहादुर महताराले १७६ र दानसिंह परिवारले ५९ मत पाए ।

ताजा अपडेट

खोजी गर्नुहोस