आजको शेयर सेयरमा गिरावट : नेप्से १७.५६ अंकले घट्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०८० आश्विन १६, मंगलबार (७ महिना अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौँ । अघिल्लो दिन सामान्य सुधार आएको सेयर बजार फेरि घटेको छ । साताको तेस्रो दिन सेयर बजार परिसूचक १७.५६ अंकले घटेर १९५८.७२ विन्दुमा पुगेको हो । दुईदिन घटेर सोमबार सामान्य अंकले बढेको नेप्सेले सुधारको आशा देखाएको थियो तर, सो खुसी दोस्रो दिन पनि टिक्न सकेन।. ।

कारोबारमा आएका १८७ स्क्रिप्टको मुल्य घट्दा नेप्सेमा ०.८८ प्रतिशतको गिरावट देखियो । ४४ स्क्रिप्टको मूल्य बढ्दा २ वटाको भने स्थिर रहे । नेप्से घट्दा सेन्सिटिभ इन्डेक्स ३.६६ अंकले घटेर ३७४.३९ अंकमा कायम भयो ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्सेले अन्तिममा सुधारको प्रयास गरेपनि हरियो बन्ने सकेन । नेप्से घटेको दिन कारोबार रकममा पनि भारी गिरावट आएको छ । दिनभर ३९ लाख ६५ हजार कित्ता सेयर १ अर्ब १९ करोड ९१ लाख १ हजार रुपैयाँमा किनबेच भए । कूल २ सय ८१ स्क्रिप्टका सो संख्याको सेयर ५५ हजार कारोबारमार्फत् किनबेच हुन सम्भव रह्यो ।

सोमबार ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँमा खरिदबिक्री भएका थिए। नेप्से घटेको बजार कूल पुँजीकरण २९ खर्ब ८६ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ । लगानीकर्ताको कुल सम्पत्ति अघिल्लो दिनको तुलनामा २७ अर्बले घटेको हो ।

बजारमा मूल्य बढेका ४४ कम्पनीमध्ये समता घरेलु लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.९१ प्रतिशतले बढ्दा घलेम्दी होटलको सेयर भाउ ७.८१ प्रतिशतले सुधार आयो । यस्तै हिमालयन लघुवित्तका सेयरधनीले ६.२२ प्रतिशत कमाए । गुमाउनेमा सामुदायिक लघुवित्तका सेयरधनी अगाडि रहे । कम्पनीको मूल्य ७.५४ प्रतिशतले घट्दा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथको मूल्य ७.०८ प्रतिशतले घटेको छ ।

बजार घटेको दिन कारोबार रकमका आधारमा सिटिजन्स लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो । कम्पनीको १ लाख २५ हजार ४५१ कित्ता सेयर सर्वाधिक ५ करोड ५९ लाख रुपैयाँमा किनबेच हुँदा एनआईसी एसिया बैंकको पनि ५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा रिलायबल लाइफ, शिभम् सिमेन्ट र सन नेपाल लाइफ शीर्ष ५मा परे ।

ताजा अपडेट

खोजी गर्नुहोस