गण्डकी एमाले चुनाव: शर्माको पक्षमा उभिए पृथ्वीसुब्बा,किरण र पद्मा,एक्लिए खगराज

आश्विन १७,पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग सकिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरुले बताए पनि तयारी भने प्यानलगत उम्मेदवारी दिने भइरहेको छ । हालका प्रदेशका अध्यक्ष नवराज शर्मा र केन्द्रिय सदस्य मायानाथ अधिकारी आमुनेसामुने हुने भएका छन् । शर्मा म्याग्दी जिल्लाका हुन् भने अधिकारी लमजुङ हुँदै कास्कीमा आएर राजनीति गरेका व्यक्ति हुन् । दुवैजना भुमिगतकालका समकालिन नेताका रुपमा चिनिन्छन् ।

भुमिगत कालमा संगै राजनीति गरेपनि शर्मालाई जहिल्यैपनि अवसरबाट बञ्चित गराउन खगराज लगायतको समुह लाग्यो । यता अधिकारी भने अवसरमाथी अवसरको चाङमा रहे । तर अवसर पाउदा अधिकारीले आफ्नो क्षमता भने देखाउन सकेनन् । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री रहदा तत्कालिन अवस्थामा एमाले प्रवेश गरेका राजिव गुरुङ लाई माइन्युट व्यवस्थापन व्यवस्थापन गर्न नसकेर संसदिय दलमा व्यवस्थापन गरेर बुझाउन नसकेपछि सुब्बाको सरकार ढलेको आरोप लाग्ने गरेको छ । यसो त अधिकारीमाथी पार्टीलाई हाँक्न सक्ने खुवि नभएको नेताको रुपमा युवा नेताहरुले चित्रित गर्ने गरेका छन् ।

गण्डकीमा पनि दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच पुरानै प्रतिस्पर्धा रहेकाले गण्डकीमा सहमति हुने कुनै संकेत थिएन् । शुरुदेखि नै समुहगत तयारी भएता पनि सहमतीको लागि प्रयास गरिएको नेताहरुको भनाई छ । यद्यपी अब निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । भोलि मतदान हुनेछ ।

पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र पदमा अर्यालले यतिबेला नवराज शर्मालाई अघि बढाउन आन्तरिक सहमति गरेका छन् । गण्डकीमा तीन नेता एकातिर र खगराज अधिकारी एक्लै हुने अवस्था बनेको प्रदेशका एकजना नेताले अनलाईन केन्द्रलाई बताए । शर्माले तीनै नेतालाई कन्भिन्स गरेपछि गुरुङद्धय र अर्याल उनलाई अध्यक्ष बनाउन राजी भएको स्रोत बताउछ । गण्डकीको नेतृत्व चयन गर्न ९०७ प्रतिनिधि सहभागी छन् ।

संम्बन्धित समचार

Leave a Reply