जेठ ३०,काठमाडौँ । विश्वकप फुटबलको तयारीमा रहेको एसियाली टोली जापानले अष्ट्रीयामा सम्पन्न मैत्रीपूर्ण खेलमा प्याराग्वेलाई ४–२ ले पराजित गरेको छ।
जापानको जितमा ताकासी इनिईले दुई गोल गरे। विश्वकपमा सेनेगल, कोलम्बिया र पोल्याण्ड सँग समूह ‘एच’ मा रहेको जापान खेलको ३२ औं मिनेटमा ओस्कार रोमेरोको गोलमा पछि परेपनि इनिईले दोस्रो हाफमा ५१ र ६३ औं मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाए।
जापानले ७७ औं मिनेटमा फेड्रिको सान्ताडेरको आत्मघाती गोलमा ३–१ को अग्रता बनायो। खेलको ९० औं मिनेटमा रिचार्ड ओर्टिजले गोल गर्दै प्याराग्वेलाई खेलमा फर्काउने प्रयास गरेपनि जापानको पहिलो दुई गोलमा असिस्ट दिएका बोरुसिया डर्टमाउन्डका मिडफिल्डर सिन्जी कागावाले इन्जुरी समयमा गोल गर्दै जापानको जित सुनिस्चित गरे।