कोशीका मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिँदै

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० आश्विन १७, बुधबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार बसेको कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीको तर्फबाट त्यसबारे जानकारी गराइएको हो ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मतबारे आफूहरूले जानकारी गराएको बताए ।
कार्की प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले भदौ २२ मा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। तर कार्कीले विश्वासको मत पाउने बलियो आधार देखिएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस