सर्वोच्च अदालतले सरकारसँग माग्यो रिगललाई आममाफी दिनुको कारण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १८, बिहिबार (७ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौँ । सर्वोच्च अदालतले बाँकेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण माग गरेको छ । बिहीबारको सुनुवाईमा न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतन मानन्धरको हत्या गरेका थिए । उनलाई २०७६ साल बैशाखमा अदालतले सर्वस्वसहित जेल सजाय सुनाएको थियो । गत संविधान दिवसमा सरकारको सिफारिसमा रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलको आममाफीविरूद्व चेतनकी श्रीमती भारती शेर्पा मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिटको अर्को पेशी असोज २५ गतेलाई तोक्न पनि अदालतले आदेश दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस