एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा निर्वाचित

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०८० आश्विन १९, शुक्रबार (७ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा निर्वाचित भएका छन् । शर्माले अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

राति अबेर प्राप्त मतपरिणम अनुसार शर्माले ५ सय ३१ मत पाउदाँ अधिकारीले ३ सय ६५ मत मात्र प्राप्त गरे। शर्मा यसअघि पनि अध्यक्ष थिए। शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो।

उपाध्यक्षमा शर्मा प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन्। गुरुङले ५ सय ३४ मत पाउदाँ उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत मात्र प्राप्त गरे।

त्यस्तै सचिवमा लमजुङका धनञ्जय दवाडी ५ सय २० मतका साथ विजयी भए। सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरी पराजित बने।

त्यसैगरी उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए। उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारी प्यासीले ५ सय ३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत मात्र प्राप्त गरिन्।

ताजा अपडेट

खोजी गर्नुहोस