एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित

आश्विन १९,काठमाडौँ । नेकपा एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । केन्द्रीय सदस्य समेत रहेका प्रत्यासी मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।

शर्माले ५ सय ३१ मत पाउँदा र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । शर्मालाई केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन थियो ।

पदाधिकारी तर्फका सबै पदमा शर्माकै प्यानल विजयी भएको छ । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् ।

गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे । सचिवमा धनन्जय दवाडीले ५ सय २० मत लिएर विजयी भए । प्रत्यासी रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।

उपसचिवमा दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् ।

बिहिवार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतीय मेसिनमार्फत मतदान भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply