बझाङ भूकम्प प्रभावितलाई अस्थायी घर बनाउन ५० हजार दिने सरकारको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १९, शुक्रबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाण्डौँ । बझाङ भूकम्प प्रभावितलाई अस्थायी घर बनाउन सरकारले ५० हजार रुपैयाँ सहयोग दिने भएको छ । आज बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो घोषणा गरेका हुन् । भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ यकीन गरी सामान्य मर्मत सम्भार गर्नुपर्ने, प्रबलीकरण गर्नुपर्ने वा पुनर्निमाण गर्नुपर्ने भन्ने निर्धारण गरी काम अगाडि बढाइने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने बताए । उनले भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको जनाए । यो भूकम्पमा परी मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ सहयाग गरिने उनले बताए । बझाङ भूकम्पमा परी एक जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस