इजरायलमा आक्रमण: नेपाली विद्यार्थी परेको प्रारम्भिक सूचना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २०, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

आश्विन २०,काठमाडौँ । इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखिको खिचातानीबीच प्यालेस्टाइनी विद्रोही समूह हमासले आकस्मिक आक्रमण गरेर युद्धलाई निम्तो दिएको छ ।

गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको, हजार बढी घाइते भएको सूचना सार्वजनिक भएको छ ।

घाइते हुनेमा इजरायलमा पढ्न गएका नेपाली समेत रहेको बताइएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले त्यस सम्बन्धी प्रारम्भिक सूचनाहरु उपलब्ध भएकाले आफूहरु त्यसलाई बुझ्ने क्रममा रहेको बतायो ।

ताजा अपडेट

खोजी गर्नुहोस