अफगानिस्तानमा भूकम्प: १०० जनाको मृत्यु, १ हजार भन्दा बढी घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० आश्विन २१, आईतबार (७ महिना अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

आश्विन २१,काठमाडौँ । अफगानिस्तानमा गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ । एक हजार जना भन्दा धेरै घाइते भएका छन् । हिजो हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । इरानसँग सीमा जोडिएको क्षेत्रमा भूकम्प गएको बीबीसीले जनाएको छ ।

भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको खोजी तथा उद्दारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली तीन वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ । अफगानिस्तान पनि नेपाल जस्तै भूकम्पीय जोखिमयुक्त देश हो ।

ताजा अपडेट

खोजी गर्नुहोस