ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० आश्विन २१, आईतबार (१ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

आश्विन २१,ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । उनले ६ सय ५९ मतसहित निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी रूपकमान महर्जनले ५ सय ४२ र अर्का प्रतिस्पर्धी रविन्द्रराज ताम्राकारले २ सय २८ मत ल्याएका थिए ।

संघको ४४ औँ वार्षिक साधारणसभा पश्चात हिजो भएको निर्वाचनबाट विश्वराज बज्राचार्यको नेतृत्वमा आगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा शुसन महर्जन, उपाध्यक्षहरूमा आपुलाल अवाले, सुनील शाक्य, रमेश सिं महर्जन निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा भूमिनन्दन कर्माचार्य, कोषाध्यक्षमा राजु महर्जनसहित १५ जना सदस्य निर्वाचित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस