खर्चालु बन्दै भारतीय पर्यटक, विमान चार्टर्ड गरेर नेपालमा माउन्टेन फ्लाइट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० आश्विन २१, आईतबार (६ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन २१,काठमाडौँ । एकै पटक दुई वटा विमान चार्टर्ड गरेर भारतीय पर्यटकले नेपालमा माउन्टेन फ्लाइट गरेका छन् । शनिबार भारतको एकप्स सिस्टम इन्डिया प्रालिका ८० कर्मचारीले २ वटा विमान चार्टर्ड गरेर माउन्टेन फ्लाइट गरेका हुन् । उनीहरुले यती एयरलाइन्सको एटीआर ७२ विमान चाटर्ड गरेका थिए ।

काठमाडौंको ह्यात होटलमा तीन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागी हुन भारत तथा यूएईमा रहेको एकप्सको विभिन्न कार्यालयबाट आएका भारतीय नागरिकहरुले माउन्टेन फ्लाइट गरेका हुन् ।

उनीहरुले सगरमाथासहितका क्षेत्रको फ्लाइट गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस