एमाले सुदूरपश्चिम अधिवेशनको बन्दसत्र सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २२, सोमबार (६ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम अधिवेशनको बन्दसत्र सुरु भएको छ । हिजो धनगढीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा आज बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको राजनीति प्रतिवेदनमाथि छलफल हुने सचिव धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार प्रदेशको नयाँ नेतृत्वका लागि सर्वसहमतिको प्रयास भइरहेको छ ।

सर्वसहमति नभएमा निर्वाचन हुने उनले जानकारी दिए । एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनमा तीन जनाले अध्यक्षमा आकांक्षा देखाएका छन् । प्रदेश अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहले आकांक्षा देखाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस