एमाले सुदूरपश्चिमको नयाँ नेतृत्वको लागि आज मतदान हुँदै

Post Thumbnail

असोज २३, काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि आज मतदान हुने भएको छ ।
प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मतदान साँझ ५ बजेबाट सुरु हुनेछ । त्यसअघि बिहान ७ बजे देखि ९ बजेसम्म उम्मेदारी दर्ता हुनेछ ।

बिहान ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । दिउँसो १२ः३० बजे देखि २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको कार्यतालिकामा उल्लेख छ । दिउँसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने साँझ ५ बजेबाट मतदान हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस