एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २४, बुधबार (६ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज २४, काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत निर्वाचित भएका छन् ।

गएराति एमाले स्थायी कमिटी सदस्य, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताको उपस्थितिमा छलफलपछि अछामका जैशीको नेतृत्वमा पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द र उपसचिव खुला पुरुषतर्फ नेपालु चौधरी, महिला उपसचिवमा कलशा महरा सर्वसम्मत चयन भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस