कर्णाली प्रदेशसभा बैठक : विकासका लागि प्रथामिकता निर्धारण गरेर बजेट ल्याउन सुझाव

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ जेष्ठ ३०, बुधबार (६ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

जेठ ३० ,सुर्खेत । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यले प्रदेशको विकासका लागि प्रथामिकता निर्धारण गरेर बजेट ल्याउनु पर्ने सझाव दिएका छन् ।

कर्णाली प्रदेश सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनीहरुले सरकारलाई प्रथामिकता निर्धारण गरेर प्रदेशको बजेट ल्याउन सुझाव दिएका हुन् ।

प्रदेशसभा सदस्य धर्मराज रेग्मीले कर्णाली प्रदेशको प्रथामिकताका आधारमा आगामी बजेटको निमार्ण गर्न सरकारलाई सुझाव दिए । कनिका छराइभन्दा कर्णाली प्रदेशमा देखिने गरि प्राथमिकताका आधारमा बजेट विनियोजन हुनुपर्ने उहाँको भनाइ थियो । “प्रदेशमा कम्तीमा शिक्षण अस्पताल, विश्वविद्यालय, पर्यटन केन्द्र, सडक, कृषिलगायतका आयोजना बन्नुपर्छ अनि मात्रै कर्णाली प्रदेशको नमूना काम हुन्छ”–उनले भने

प्रदेशसभा सदस्य पद्मा खड्काले प्रदेशको आर्थिक विकास गर्न सडक, सञ्चार, कृषि तथा जडीबुटीको उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भने, “कर्णालीलाई समृद्ध बनाउन प्रदेशको प्राथमिकता निर्धारण गरेर भौतिक पूर्वाधार र ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ ।”

ताजा अपडेट

खोजी गर्नुहोस