एमाले सुदूरपश्चिमको पदाधिकारी सर्वसम्मत चयन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २५, बिहिबार (६ महिना अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

आश्विन २५,काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष लगायत पाँचवटै पदाधिकारी पदमा सर्वसम्मत भएको छ ।

प्रमुख निर्वाचन अधिकृत पदम पालकाअनुसार अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द तथा उपसचिवमा कञ्चनपुरका नरबहादुर विक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् । उपसचिवमा भरत साउद पक्षका विक र विष्टको पक्षमा सहमति जुटेपछि साउदले अध्यक्षको उम्मेदवारी फिर्ता लिएसँगै पदाधिकारीमा सर्वसम्मत भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस