सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत चयन, अध्यक्षमा कृष्णप्रसाद जैशी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० आश्विन २५, बिहिबार (६ महिना अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाण्डौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीमा अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
अध्यक्षमा कृष्णप्रसाद जैशी, उपाध्यक्षमा कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा नरबहादुर विक र भागरथी विष्ट चयन हुनुभएको छ।

निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैशी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति हुनुहुन्थ्यो । उपाध्यक्ष पदमा हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो । अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी सर्वसम्मत हुनुभएको हो।

यस्तै, महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि विष्ट सर्वसम्मत हुनुभएको हो । यसअघि एमालेले लुम्बिनी, बाग्मती, कर्णाली, कोशी र गण्डकी प्रदेशमा पनि सहमतिको प्रयास गरे पनि सफल हुनसकेको थिएन । यी प्रदेशमा मतदानबाट नेतृत्वको टुङ्गो लागेको थियो।

काठमाण्डौ उपत्यका विशेष प्रदेश कमिटीको पदाधिकारी भने सर्वसम्मत चयन भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस