आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानमाथि भारतको सानदार जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० आश्विन २८, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाण्डौँ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा भारतले पाकिस्तानमाथि सानदार जित हासिल गरेको छ। अहमदाबादमा भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य भारतले ३०।३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।
लगातार तेस्रो जितसँगै भारत ६ अंकका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।

भारतको जितमा कप्तान रोहित शार्माले सर्वाधिक ८६ रनको योगदान दिए। उनले ६३ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए।

त्यस्तै श्रेयस ऐयरले नटआउट रहँदै ५३ रन बनाए।
केएल राहुलले १९ तथा शुभमन गिल र विराट कोहलीले १६–१६ रन बनाए।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२।५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।
पाकिस्तानले २० अक्टोबरमा अष्ट्रेलियासँग खेल्नेछ। भारत र न्युजिल्यान्डको समान ६ अंक छ।
आज इंग्ल्यान्डले अफगानिस्तानसँग खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस