हङकङसँगको खेलमा टस जितेर ब्याटिङ गर्दै नेपाल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० कार्तिक ४, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक ४,काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल र हङकङ खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको छ ।

अघिल्ला दुई खेलमा लगातार जित हात पारेको नेपाल आज हङकङलाई हराएमा श्रृङ्खलाको फाइनलमा पुग्नेछ । पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो । यस्तै, दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

आईसीसी टी–२० विश्व कप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट सङ्घ क्यानले त्रिदेशीय शृङ्खलाको आयोजना गरेको हो । शृङ्खलामा नेपालसहित यूएई र हङकङ समावेश छन् । शृङ्खलाको फाइनल खेल आउँदो १० गते शुक्रवार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस