हुम्लाबाट फर्केपछि निधिले भने: चीनले पिल्लर सारेर नेपालको भूमि अतिक्रमण गरेको छ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ९, बिहिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कात्तिक ८,काठमाडौँ । असोज २४ मा हुम्लाको सिमिकोट पुगेका पूर्व गृहमन्त्री बिमलेन्द्र निधि कात्तिक १ मा काठमाडौँ फर्किएका थिए । हुम्लामा सात दिन बसेका निधिले असोज २७ मा कैलाश र मानसरोवरको दूर दर्शन गरेका थिए । भ्रमणको अवसरमा उनले हिल्सा बोर्डरमा स्थानीय बासिन्दाले भोग्नु परेको समस्या र सीमा क्षेत्रको सुरक्षाका लागि सरकारले गर्नुपर्ने कामहरूको बारेमा जानकारी लिएका थिए ।

निधिले प्रमुख जिल्ला अधिकारी, सीमा सुरक्षा बलमा खटिएका प्रहरी अधिकृत र अन्य सरकारी अधिकारीहरूसँग सीमा विवादबारे छलफल गरेका थिए । हिल्साको सीमा क्षेत्रमा चीनको तर्फबाट नेपाली भूमिमा लगाइएको तारबार हटाई सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लाग्नुपर्ने स्थानीय अधिकारीहरूले निधिसँगको भेटमा जोड दिए ।

सीमा सम्बन्धी विवादलाई समाधान गर्न सदनमा आवाज उठाउने र सीमा सुरक्षाका लागि आवश्यक सरकारी प्रबन्ध जुटाउने पहलमा आफू लागिपर्ने नेता निधिले बताए । सोही क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले सीमा क्षेत्रको समस्या समाधानमा सरकारले बेवास्ता गरेको गुनासो गरे ।

कर्णाली प्रदेशका सांसद समेत रहेका शाहीले निधि नेतृत्वको ४० जनाको टोलीलाई सीमा अतिक्रमणबारे जानकारी दिएका बताए । हुम्लामा सात दिन बस्दा अतिक्रमण आफूहरूले आँखाले देखेको निधिको दाबी छ । चीनले पिल्लरहरूमा गडबडी गरेर नेपालको भूमि अतिक्रमण गरेको नेता शाहीले दाबी छ ।

पिल्लर नम्बर ९ हिल्सामा भए पनि दशगजा खाली नगरी चीनले गेट बनाएको उनको भनाइ थियो । शाहीका अनुसार दशगजा खाली राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता नै छ । ‘पिल्लर नम्बर ८–१ नेपाल र ८–२ चीनतर्फ छ । त्यस्तै ७–१ नेपाल र ७–२ चीनतर्फ छ । त्यसरी नै पिल्लर नम्बर ६–१ नेपाल र ६–२ चीनतर्फ हुनुपर्ने हो । तर ६–१ पिल्लर चीनले आफ्नोतर्फ पारेको छ । यो स्पष्ट सीमा अतिक्रमण हो,’ उनी भन्छन् ।

शाहीका अनुसार पिल्लर नम्बर ५–२ मा एकातिर नेपाल र अर्कोतिर चीन लेखिएको छ । ‘२०४५ साल लेखिएको यो पिल्लर त्यहाँ उल्लेखित भाषा हेर्दा दुई देशको बीचमा हुनुपर्ने हो । तर, पिल्लर चीनले आफ्नो भूमिमा राखेको छ । पिल्लर नम्बर ५–१ र २ नजिकको जंगपिल्लर ढलेको अवस्थामा छ,’ शाहीले भने ।

त्यतिबेला तीनकोठे भवन बन्ने बेलामा पनि प्रश्न उठेको थियो । शाहीका अनुसार आफूहरूले विरोध गर्दा चिनियाँहरूले यो पशु क्वारेन्टिन भन्दै दुबै देशले प्रयोग गर्न मिल्छ भनेका थिए । ‘अहिले त्यही स्थानमा नौ वटा भवन बनाएका छन्, जुन नेपाली भूमिमा पर्छ,’ शाहीको बिफ्रिङ थियो ।

यस्तै हुम्लावासीले कैलाश र मानसरोवरमा विना भिसा जान पाउनुपर्ने माग राखेको निधिले बताए । ‘पहिले कैलाश र मानसरोवर नेपालकै बाटोबाट जान सकिन्थ्यो । अहिले भिसी लिएर मात्र जान पाइन्छ । हुम्लाका लाप्चा र हिल्सा चीनसँग जोडिएका दुई वटा नाका हुन्,’ उनी भन्छन्, ‘लाप्चा र लासाबाट नै कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न सम्भव होस् भनेर म सरकारसँग माग गर्दै छु ।

यस्तै सीताको भूमिका जनकपुरवासीलाई कैलाशको धार्मिक र सांस्कृतिक यात्रा गर्न निधिले सुझाए । ‘जनपुरलाई कैलाश पर्वत र मानसरोबारलाई जोडनका लागि जनकपुरवासी सक्रिय हुनुपर्दछ । मधेस प्रदेशको सरकार पनि सक्रिय हुनुपर्दछ,’ उनी भन्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस