कात्तिक ८,काठमाडौँ । विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डले १५६ रनमै अलआउट गरेको छ ।
भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३।२ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको हो ।
ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा सबै विकेट गुमायो ।
बेन स्टोकले सर्वाधिक ४३ रन बनाए । बेयरस्टो ३० र मालन २८ रनमा आउट भए ।