संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ११, शनिबार (१ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

कार्तिक ११, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् ।

उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सक्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ। उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस