सुनको मूल्यले ब्रेक गर्‍यो रेकर्ड, हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०८० कार्तिक १२, आईतबार (६ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १२, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस