माघ २७,काठमाडौँ । सहमतिबाट दायाँबायाँ नहुन पार्टी नेतृत्वलाई कांग्रेस जिल्ला सभापतिहरूको चेतावनी दिएका छन ।
आज काठमाडौंमा भएको भेलामा जिल्ला सभापतिहरूले पार्टी नेतृत्वले जिल्ला सभापतिहरूको सुझावअनुसार नै विधानलाई महासमितिबाट पारित गरेको भन्दै पारित गरेको विषयलाई नचलाउन पार्टी नेतृत्वलाई चेतावनी दिएका हुन्
नुवाकोट कांग्रेस सभापति जगदिशनरसिंह केसीले सभापतिहरूसँगको सहमती अनुसार नै महासमिति सहजताका साथ सम्पन्न भएको भन्दै सहमतीलाई नतोड्न नेतृत्वलाई आग्रह गरेको बताए।
‘जिल्ला सभापतिहरूसँगको सहमतीलाई पार्टी नेतृत्वले नभसलोस, हेटौँडा हुँदै ककनी भेलाले दिएको सुझावलाई पार्टीले पालना गर्नुपर्छ, महासमिति समापन अघिको सहमती त्यही हो,’ केसीले भने।
जिल्ला सभापतीहरुले एक पटक आरक्षण वा समावेशी कोटाबाट उम्मेदवार भइसकेको व्यक्ति अर्कोपटक पुनः आरक्षणमा उम्मेदवार बन्न नपाउने र केन्द्रीय सदस्यलाई महाधिवेशन प्रतिनिधि बन्न बुथ तहबाटै निर्वाचन मार्फत चयन भएर आउनु पर्ने ब्यबस्था राख्नुपर्नेमा जोड दिदै आएका छन ।