इजरायलसँगको कुटनीतिक सम्बन्ध तोडेको बोलिभियाको घोषणा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० कार्तिक १५, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक १५,काठमाडौँ । ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । गाजामा हजारौँ सर्वसाधारणको हत्या गरेर अमानवीय हर्कत गरेको भन्दै बोलिभियाले इजरायलसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको हो ।

बोलिभियाका उपरक्षामन्त्री फ्रेडी मामानीले पत्रकार सम्मेलनमा इजरायलसँगको सम्बन्ध तोडेको घोषणा गर्दै गाजा पट्टीमा इजरायलको आक्रामक र अत्यधिक सैन्य आक्रमणको निन्दा गर्नुभएको बीबीसीले जनाएको छ । यस्तै बोलिभियाले गाजामा आफ्नो देशले मानवीय सहायता पठाउने पनि जनाएको छ । तर इजरायलले भने बोलिभियाको निर्णयको कडा निन्दा गर्दै यसलाई ‘आतङ्कवादसमक्ष आत्मसमर्पण’ भनेको छ ।

इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हयातले कुटनीतिक सम्बन्ध तोड्ने बोलिभियाली सरकारको निर्णय आतङ्कवाद र इरानको आयोतुल्ला शासनविरुद्ध आत्मसमर्पण भएको आरोप लगाएका छन् ।

यसअघि दक्षिण अमेरिकी देश कोलम्बिया र चिलीले इजरायलबाट आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस