भारतमा ट्रकको ठक्करबाट सुर्खेतका एकै परिवारका पाँचजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १७, शुक्रबार (६ महिना अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौँ । भारतमा ट्रकको ठक्करबाट सुर्खेतका एकै परिवारका पाँचजनाको मृत्यु भएको छ ।

भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरमा भएको दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन, डेढ वर्षका धड्कन नेवार र रतनका भाइबुहारी सुस्मिता नेवार रहेका छन् ।

उनीहरू चढेको मोटरसाइकललाई ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

उनीहरू रोगजारीका लागि भारतमा बस्दै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस