दिपू वर्णवाल
कार्तिक १९, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जमा खेलकुद क्षेत्रलाई चलायमान बनाउन महानर सँधै तयार रहेको बताएका छन् ।
वीरगञ्जको आदर्शनगर रंगशालामा शनिबारदेखि सुरु प्रथम वीरगन्ज गाृल्डकप फुटबलको समुद्घाटन गर्दै मेयर सिंहले वीरगन्जलाई विगतको जस्तै फुटबलको उर्वर भूमी बनाउन सबैको साथको खाँचो रहेको बताए ।
वीरगञ्जमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने गरि मैदनको पुनस्निर्माण गरिएको भन्दै उनले नारायणी रंगशालाको क्रिकेट मैदानलाई पनि व्यवस्थित गर्न महानगर लागि परेको बताए । वैभव वीरगञ्ज बनाउन आफुले थालेको अभियानमा वीरगन्जबासीका साथै यहाँका खेलाडीको साथपनिआवश्यक रहेको उनले बताए ।
आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका अध्यक्ष सुबिन बस्नेतको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वीरगञ्ज महानगरका उपमेयर इम्तियाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , प्रहरी नायब उपरीक्षक ध्रुब श्रेष्ठ ,वीरगञ्ज १० का वडाध्यक्ष सुशिल साह ,वीरगञ्ज २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, वीरगञ्ज ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वीरगञ्ज ४ का वडाध्यक्ष जगत साह कानु, जसपाका महानगर अध्यक्ष ईश्वरचन्द्र यादव लगायतको पनि सहभागीता थियो ।