भारतद्वारा नेपाल सरकारलाई भूकम्प राहत सामाग्री हस्तान्तरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० कार्तिक २०, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाण्डौँ । कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुसार भारु १० करोड बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज आएको छ ।

भारतीय वायुसेनाको एक विशेष विमान सी १३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो । यी आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् ।

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यी राहत सामग्री कर्णालीका मुख्यमन्त्री राज कुमार शर्माको उपस्थितिमा नेपालका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्कालाई हस्तान्तरण गरे ।

आगामी दिनमा राहत सामग्रीका थप खेपहरु नेपाल आइपुग्ने अपेक्षा छ । घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिबद्धता भारतले जनाएको छ ।

छिमेकी मुलुक होस् या अन्य मुलुक संकटको बेला सहयोगको हात बढाउन भारत सदैव अगाडी रहेको छ । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुूलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद राहत कार्य संचालन गरेको थियो । भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५०,००० घरहरुको पुनर्निर्माण कार्य समावेश थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस