सावित्रा भण्डारीले रचिन् ईतिहास : राष्ट्रिय महिला फूटबल टोलीले पहिलोचोटी भारतलाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ २८, सोमबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २८,काठमाडौँ । भारतको उडिसामा भइरहेको एउटा फुटबल प्रतियोगितामा नेपालको राष्ट्रिय महिला फूटबल टोलीले भारतलाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ।

केहीबेरअघि सम्पन्न भएको उक्त खेलमा नेपालको तर्फबाट दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन्।

महिला फुटबलमा नेपालले भारतलाई पराजित गरेको यो पहिलो अवसर हो।

इरान र म्यानमार गरी चारवटा देश सम्मिलित हिरो गोल्डकप फुटबल प्रतियोगिता नेपाली खेलाडीहरूले अर्को महिना नेपालमा हुने महिला साफ च्याम्पियनशीपको तयारीको लागि भन्दै सहभागिता जनाएको थियो।

सावित्राले दुवै गोल खेल शुरू भएको सात मिनेटभित्र गरेकी हुन्।

हिराकुमारी भुजेलको लामो पासमा उनले उक्त गोल गरेकी थिइन्। त्यसको दुई मिनेट नबित्दै सावित्राले अर्को गोल थपिन्।

यतिबेला विपक्षी गोलकीपरले राम्ररी बल नियन्त्रण गर्न नसकेपछि सावित्राले मौकाको फाइदा उठाएकी थिइन्।

भारतको तर्फबाट ८४ औँ मिनेटमा रतनबाला देवीले गोल गरेकी थिइन्।

ताजा अपडेट

खोजी गर्नुहोस