धादिङको सफल शैक्षिक संस्था सक्सेस एकेडेमीको सुबिधा सम्पन्न भवन उद्घाटन

Post Thumbnail

धादिङ । धादिङको गल्छि गाउँपालिकामा रहेको निजि क्षेत्रबाट जिल्लामा गुणस्तरिय जनशक्ति उत्पादन गरिरहेको सक्सेस एकेडेमीको नयाँ भवन उद्घाटन गरिएको छ । उद्घाटन गरिएको सुबिधा सम्पन्न भवनमा ५२ कोठा रहेका छन् । बिद्यार्थीहरुलाई अतिरीतm क्रियाकलाप गराउनका लागी खेल मैदान सहितको घेराबार बनाईएको छ ।

८ बर्ष अगाडी धादिङको गल्छिमा निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएको विद्यालयमा बिद्यार्थीहरुलाई गुण्स्तरीय शिक्षा प्रदान गर्दै सक्षम र योग्य जनशक्ति तयार पार्दै आईरहेको बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष शिब अधिकारीले बताए ।

बिद्यालय स्थापनाको समयमा योगदान पुर्याउने बिदुर कार्की, बिनोद कार्की, धर्मराज कार्की, भवन निर्माण ब्यबसायी आनन्द लाल पौकरालाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको छ ।

सोही अबसरमा २०७४ सालमा एसईई परिक्षामा जिल्ला प्रथम हुन सफल रोजिना अर्याललाई नगद रु १० हजार र कदरपत्र प्रदान गरिएको छ । बिद्यार्थीहरुले स्वरस्वती बन्दना तथा साँस्कृतिक कार्यक्रम गरेर उपस्थितहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

यसैगरी नेपाल आईडलका टप टेनमा पर्न सफल गायक कृशल कडँलेले पनि दर्शकहरुलाई मनोरज्जन प्रदान गरेका थिए ।

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा शिक्षाबिद् तथा संघिय सांसद उमेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । बिषेश अतिथीमा हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवाल, हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठ, बिभिन्न शिक्षासँग सम्बन्धित ब्यतिmहरु ,बिभिन्न वडाका वडा अध्यक्ष ,सक्सेस एकेडेमीको भागीनी संस्थाका अध्यक्ष पुररुषोत्तम अधिकारी लगायत बिभिन्न् शिक्षकहरु, सक्सेस एकेडेमीका शिक्षक, बिद्यार्थी, अबिभावक लगायतको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस